Hello, I'm
ASPIRING AI & DATA SCIENCE STUDENT
Get To Know More
B.Sc. (Hons) Computer Science with Aritficial Intelligence
Birmingham City University
I am a BSc (Hons) Computer Science student at Sunway College, affiliated with Birmingham City University, UK, specializing in Artificial Intelligence and Data Science. I am passionate about AI, machine learning, and exploring the world of data, and I am eager to learn and grow in these fields.
Beyond academics, I have developed leadership and teamwork skills as a past Board of Director in the Interact Clubs, where I planned and organized events and guided initiatives. I am also an active Board of Director of the Rotaract Club of Kasthamandap, serving as the Professional Development Director for the 2025/2026 year, contributing to community service projects and collaborating with team members. In addition, I love writing poems, which allows me to express my thoughts, emotions, and creativity.
Read My
त्यो चर्को खडेरीमा सितल छायाँ जस्ती तिमि अनि तिम्रै त्यी आँखामा हराउँछु म यो भाग्यमा तिम्रो नाम कहि नलेखिदा पनि टाढा हुन्छौ कि भन्दै डराउँछु म तिम्रो त्यो ओठबाट जब मुस्कान देख्न पाउँछु मेरो यो धड्कन आफै चल्न थाल्छ है अनि जब याद आउछ कि आहिलेसम्म एक्लो छु म त्यति बेला सारा शरीर बल्न थाल्छ है केहि इच्छा पुरा हुदा एउटा इच्छा अधुरो भो सपनीमै भए पनि तिमि मेरी बन्छ्यौ कि? अनेक आशा जाग्दा पनि निराशा नै भइरह्यो सपनीमै भए पनि आफ्नो भन्छ्यौ कि जब त्यो सपनामा तिम्रै तस्बिर मात्र आउँछ तब मेरो कमलो मन मैन बन्छ है सपनाले सधैँ तिमि साथमा भाको झैँ गर्छ आँखा खुल्छ बिपनाले हैन भन्छ है म त सधैं यो मुटु चुडिएको पात्र बनें तिमि भने जीवनमा अगि सर्नु है तिम्रो सपनीमै भए पनि एउटा फुलबनें भनें बगैंचाको माली जस्तै माया गर्नु है जब यो अन्धकारमा आँखा बाट आँसु झर्छ त्यहि सानो सिरानी नै खास बन्यो है जिन्दगिमा हरेकपल्ट एकै ठोक्कर खाईराख्दा यो जिउदो शरीरपनि लाश बन्यो है लाखौ प्रयास गर्दा पनि असफल नै भइरदा आशले पनि आश मारि मन्द हुन्छ कि फेरी पनि कसैलाई यो मुटु दिने आँट गर्दा अब त यो धड्कन नै बन्द हुन्छ कि
आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई जहाँ हामी दुई मात्र संगै हुनेछौं एउटा छुट्टै संसार हुनेछ अनि मेरो मायाँ पूर्ण हुनेछ आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई विहानि को घाम सँगै एउटा नया सुरुवात गरौँला तिम्रो दुःख मा म रोउँला र सुःख मा हासैँला मायाँको त्यो सुमधुर सम्बन्ध गासौँला अनि हामी एक अर्काकै निम्ति बाचौँला आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई बिपना मा त म तिम्रो कहिल्यै हुन सकिन प्रिय तिम्रो त्यो मुटु छुन सकिन प्रिय कमसेकम सपनामा त म तिम्रो बनौला तिमी मेरी मात्र हौ भनौला आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई तिमी मेरी हुन्छौ मात्र भनिहेर न प्रिय एकचोटी मेरी मात्र बनिहेर न प्रिय तिमीलाई सधैँ सधैँ मेरी रानी भन्नेछु नत्र नत्र म आफुनै खरानि बन्नेछु म बाँचे त केवल तिम्रै लागि अनि तिम्रै नाम लिएर मर्नेछु आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई आउ न त्यो सपना को सहर मा लग्छु तिम्लाई
जिन्दगि को किताबको १९ सौं पाना पल्टीसके ति प्रगति र उन्नति कता गए खै ? अनि मैले अब बल्ल यो संसार बुझ्न थाल्दा आफ्नो लागि म आफै नै खराब भए है जब मैले आफैलाई एउटा सानो प्रश्न सोधे के साचि जिन्दगिको अर्थ छैन र? उत्तर हैन भित्रबाट मुटु बिझ्ने वाक्य आयो सुख बिना को जिन्दगि त व्यर्थ हैन र? बेला बेला यी आँखाहरु आफैनै भिज्न थाल्छन खै कतै आफैसंग हार खाएँ कि धेरै संग आफ्नो सुख दुख बाट्ने प्रयाश गर्दा यो जिन्दगि को यथार्थको सार पाएँ कि हो थाहाछ कि अब बल्ल कठिन यात्रा सुरु हुन्छ तर लाखौं दुःख पिडा मनमै लुकाएँ खुट्टा तान्ने धेरै छन् यहाँ आफ्नो इज्जत राख्न पाउँ लौन प्रभु हजुर सामु यो शिर झुकाएं
Get in Touch